काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहयोग रोक्यो

2.51K
shares

काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको थियो।

मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उदृत गर्दै अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

यसक्रममा युक्रेनलाई यस अघि दिने भनिएका र  युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ ।