काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

पूर्वराजा ज्ञानेन्द्रसँग धवलशम्शेर राणाको भेट, फलदायी छलफल भएको दाबी

हिमानी ट्रस्टको कार्यक्रमपछि भएको भेटको तस्बिर सार्वजनिक गर्दै राणाले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको पक्षमा अभियान अघि बढाउने संकेत दिए।

351
shares

काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन गरेका सभापति धवलशम्शेर राणा ले पूर्वराजा ज्ञानेन्द्र शाह सँग भेटवार्ता गरेका छन्। राणाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै हिमानी ट्रस्ट  को कार्यक्रमपछि पूर्वराजासँग फलदायी छलफल भएको जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमा उनले छोटो सन्देश लेख्दै भेटलाई फलदायी रहेको उल्लेख गरेका छन्। यद्यपि, भेटमा के कस्ता विषयमा विस्तृत छलफल भयो भन्नेबारे कुनै थप विवरण सार्वजनिक गरिएको छैन। जय नेपाल पार्टीले यसअघि नै संवैधानिक राजसंस्था र हिन्दू अधिराज्य को पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। पार्टीले उक्त अभियानलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ। धवलशम्शेर राणाले राप्रपा छाडेपछि गठन गरेको जय नेपाल पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र र राष्ट्रिय एकताका मुद्दालाई केन्द्रमा राखेर संगठन विस्तार गरिरहेको छ।