काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

काठमाडौं महानगरबाट राजीनामाको तयारीमा बालेन, आज रास्वपा कार्यालयमा विशेष कार्यक्रम

2.46K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय च:मति पुग्ने भएका छन्। पार्टी स्रोतका अनुसार उनी आज दिउँसो १ बजे घण्टीघर क्षेत्रमा पुग्ने कार्यक्रम तय भएको छ।

बालेन शाह आजै काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिने तयारीमा रहेको बताइएको छ। पुस १३ गते औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका बालेनका लागि पार्टी कार्यालयमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ। स्वागतका क्रममा उनलाई फूलमाला तथा पार्टी नेताहरूको उपस्थितिमा अभिनन्दन गरिने र कार्यालय परिसरमै छुट्टै कार्यकक्षको व्यवस्था गरिएको पार्टी कार्यालयले जनाएको छ।आजको कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले छोटो सम्बोधन गर्ने तालिका छ। सम्बोधनमा पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखिने बताइएको छ। कार्यक्रमपछि सभापति लामिछाने र बालेन शाह दुवै जनकपुर प्रस्थान गर्ने कार्यसूची रहेको छ।

बालेन शाहको महानगर प्रमुख पदबाट राजीनामालाई राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने तयारीका रूपमा हेरिएको छ। रास्वपा स्रोतका अनुसार आगामी दिनमा उनी पार्टीको संगठन विस्तार, स्थानीय तह र संघीय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने गरी जिम्मेवारीमा रहनेछन्।