काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

आजको मौसमः देशभर मनसुनी प्रभाव, बागमती–गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

1.27K
shares

काठमाडौं, २० असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ।मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌

दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

राति भने देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भाग केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।