नयाँ दिल्ली, ३० असार । भारतमा रेलका वातानुकूलित (एसी) डिब्बामा यात्रुका लागि उपलब्ध गराइने...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको मौसमः देशभर मनसुनी प्रभाव, बागमती–गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

468
shares

काठमाडौं, २० असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ।मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌

दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

राति भने देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भाग केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।