काठमाडौं । नेपाल बाढी सूचनाले आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङमा उच्च जोखिम

416
shares

काठमाडौं । नेपाल बाढी सूचनाले आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ । वर्षाका कारण नदी तथा खोलाको जलसतह अचानक बढ्न सक्ने भएकाले विभिन्न क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको जनाइएको छ ।

नेपाल बाढी सूचनाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको नेपाल बाढी सूचनाले जनाएको छ ।यस्तै, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।अचानक पानीको बहाव बढ्दा सामान्य अवस्थामा साना देखिने खोला तथा खहरेसमेत छोटो समयमा जोखिमपूर्ण बन्न सक्ने भएकाले नदी तथा खोलाको आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।वर्षाका समयमा नदी तथा खोला तर्ने, माछा मार्ने, नुहाउने वा अनावश्यक रूपमा नदी किनारमा जाने कार्य नगर्न तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयस्तरमा जारी हुने मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न र नदी तथा खोलाको बहाव बढेको अवस्थामा सुरक्षित स्थानमा जान नेपाल बाढी सूचनाले आग्रह गरेको छ ।