काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नेपाली काँग्रेसको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक — “समुन्नत नेपाल, सम्मानित नेपाली” मुख्य नारा

जनकपुरधामबाट सार्वजनिक प्रतिज्ञा पत्रमा सुशासन, रोजगारी, शिक्षा-स्वास्थ्य र आर्थिक समृद्धिलाई प्राथमिकता

1.91K
shares

जनकपुरधाम । नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे भिजनसहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो।

पार्टी सभापति गगन कुमार थापाले सुशासन, समृद्धि र नागरिक सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित प्रतिज्ञा पत्र सार्वजनिक गरे। काँग्रेसले “समुन्नत नेपाल, सम्मानित नेपाली” मूल नारासहित आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्य र प्रतिबद्धताहरू दस्ताबेजमा समेटेको जनाएको छ।

सभापति थापाले काँग्रेसको भिजनले हरेक नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै नागरिकले शिर ठाडो राखेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गरे।

प्रशासनिक सेवा ढिलासुस्तीमुक्त र नागरिकमैत्री बनाइने, भ्रष्टाचार नियन्त्रण गरिने तथा घरमै बसेर सरकारी सेवा पाउने व्यवस्था लागू गरिने प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ।आर्थिक समृद्धिका लागि निजी क्षेत्रको प्रवर्द्धन, सम्पत्ति सिर्जनालाई प्रोत्साहन र युवाहरूको विदेश पलायन रोक्ने रणनीति दस्ताबेजमा समावेश गरिएको काँग्रेसले जनाएको छ। युवाहरूलाई नेपालमै रोजगारी र भविष्यको अवसर उपलब्ध गराउने वातावरण सिर्जना गर्ने लक्ष्य पार्टीले लिएको छ।

कृषिलाई मर्यादित पेसा बनाउने, प्रविधि र बजार व्यवस्थापन सुधार गर्ने, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमार्फत देशलाई समृद्धिको मार्गमा अघि बढाउने योजना पनि प्रतिज्ञा पत्रमा समेटिएको छ।शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षा र स्वास्थ्य बिमा प्रणाली लागू गरिने प्रतिबद्धता जनाइएको छ। अभिभावकमा आर्थिक भार नपर्ने गरी शिक्षा उपलब्ध गराउने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य काँग्रेसले राखेको छ।

नेपालका मौलिक भाषा, संस्कृति, विविधता र सम्पदामा गर्व गर्दै आधुनिकता अपनाउने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गर्ने योजना पनि प्रतिज्ञा पत्रमा उल्लेख छ।

कार्यक्रम कृष्णप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल लगायत नेताहरूको उपस्थिति रहेको थियो।