निर्वाचन तोकिएकै मितिमा, एकै चरणमा हुने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
मतपत्र छपाइको प्रगति सन्तोषजनक रहेको प्रधानमन्त्रीको भनाइ, आयोग र सरकार तयारीमा केन्द्रित
वि.सं.२०८२ माघ २३ शुक्रवार ०९:२०
shares

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन एकै दिन र तोकिएकै मितिमा हुने स्पष्ट गरेकी छन् ।विहिबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै दिन सम्पन्न हुने बताएकी हुन् ।
यसअघि उनले नै हिमाली जिल्लाको निर्वाचन फागुन २१ हुन कठिनाइ भए पछि गर्न सकिने अभिव्यक्ति दिएकी थिइन् ।प्रधानमन्त्री कार्कीले भनिन्-मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ । निश्चिन्त मान्नुस्, चुनाव एकै दिन हुन्छ, दुई चोटि कहीँ हुनेवाला छैन ।जनक शिक्षा सामग्री केन्द्रमा अहिले प्रत्यक्षतर्फको मतपत्र छपाईको काम भइरहेको छ । केन्द्रले प्रधानमन्त्री कार्कीलाई अहिलेसम्म ७२ लाख ६० हजार मतपत्र छपाई सकिएको जानकारी दिएको छ ।
















