काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

बाँकेका तीन वटै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका मतपत्र नमूना सार्वजनिक

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नं. १, २ र ३ का मतपत्र नमूना सार्वजनिक, मतदातालाई मतदान प्रक्रिया बुझ्न सहयोग पुग्ने अपेक्षा

2.64K
shares

नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रयोग हुने वास्तविक मतपत्रको नमूना सार्वजनिक गरिएको छ। निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन तथा मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन नमूना मतपत्र सार्वजनिक गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालय बाँकेका अनुसार बाँके–१, बाँके–२ र बाँके–३ का लागि छुट्टाछुट्टै मतपत्र छापिएको छ। सम्बन्धित निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने दल तथा स्वतन्त्र उम्मेदवारहरूको चुनाव चिन्हसहितको नमूना मतपत्र सार्वजनिक गरिएको हो।मतपत्र सार्वजनिक गरेसँगै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, मतदानका क्रममा हुन सक्ने अन्योल कम गर्ने तथा मत बदर हुने दर घटाउने उद्देश्य राखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्। नमूना मतपत्रलाई स्थानीय तह, मतदान केन्द्र र विभिन्न सार्वजनिक स्थानमा प्रदर्शन गरिने तयारी गरिएको छ।

निर्वाचन कार्यालयले मतदातालाई आफ्नो निर्वाचन क्षेत्रको मतपत्र पहिचान गरी मतदान गर्ने तरिका बुझ्न आग्रह गरेको छ। साथै मतदान गर्दा स्वस्तिक छाप तोकिएको कोठाभित्र स्पष्ट रूपमा लगाउनुपर्ने जानकारी पनि दिइएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा मतपत्र ढुवानी, सुरक्षा व्यवस्थापन, कर्मचारी परिचालन र मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिइएको जनाइएको छ।