काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नेपालसँग श्रम सम्झौता भएका मुलुकमा हुलाक सेवा अनिवार्य गर्नुपर्छ : मन्त्री गुरुङ

मन्त्री गुरुङले अहिले हुलाक सेवाको ठूलो सम्भावना पार्सल डेलिभरीमा रहेको बताए

6.23K
shares

काठमाडौँ, १७ भदौ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका मुलुकहरुसँग हुलाक सेवा सम्झौता पनि अनिवार्य गर्नुपर्ने बताएका छन् ।हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले अहिले हुलाक सेवाको ठूलो सम्भावना पार्सल डेलिभरीमा रहेको बताए । विदेशमा रहेका नेपालीसम्म भरपर्दो सेवा पुर्‍याउन श्रम सम्झौता भएका मुलुकमा हुलाक विस्तार आवश्यक हुने धारणा राखे ।

मन्त्री गुरुङले पार्सल सेवालाई विश्वासिलो, व्यापक र विश्वसनीय बनाउनुपर्ने बताए । उनले सबै पालिकामा डिजिटाइजेसनको काम अघि बढाउन र छिट्टै स्मार्ट हुलाक कार्यालय सञ्चालनको मापदण्ड बनाउन निर्देशन दिए । “अब हुलाक स्मार्ट हुनुपर्छ, प्रविधिसँगै रुपान्तरण हुनु जरुरी छ,” उनले भने ।उनले हुलाक सेवालाई नागरिकको घरदैलोमा पुग्ने अत्यावश्यक सेवा निकाय भएको भन्दै त्यसका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउनुपर्ने बताए । उनले पालिकामा ‘एक हुलाक–एक मोटरसाइकल’ व्यवस्था गर्ने, हुलाक कार्यालयका भवन निर्माण गर्ने र सवारीसाधन उपलब्ध गराउन मन्त्रालय तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले ऐतिहासिक गौरव बोकेको हुलाकलाई आधुनिक बनाउने प्रयास भइरहेको जनाइन् । उनले हुलाक स्मार्ट बनाउन कर्मचारीहरुलाई रचनात्मक कार्ययोजना बनाउन आग्रह गरिन् । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनिले स्मार्ट हुलाक नीति बनाउन थालिएको जानकारी दिइन् । उनले आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्थापनका लागि मन्त्रालयसँग ध्यानाकर्षण गरिन् । निर्देशक धव्रराज आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सवारीसाधनको अभावले सेवा घरदैलोमा पुर्‍याउन चुनौती भएको बताए