काठमाडौं। संसद् अधिवेशन स्थगित गर्दै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि देशको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नेपालभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

2.56K
shares

काठमाडौं, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती भने देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनु महाशाखाले अनुरोध गरेको छ।