काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

3.41K
shares

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु नाथ पाण्डे निलम्बनमा परेका छन् ।महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जनाइएको छ  । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको हो । उनी निलम्बनमा परे पछि काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाइ दिइएको छ ।