काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

1.2K
shares

काठमाडौं – अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो।पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली डोटी, अछाम, नवलपरासी, कैलाली, रुपन्देही, कञ्चनपुर र दाङका रहेका छन्।

अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले 711bat.club र union365 नामको अनलाइन बेटिङ साइट प्रयोग गर्थे। उनीहरूले ह्वाट्सएप र टेलिग्राममार्फत् अनलाइन जुवा खेल्ने व्यक्ति सम्पर्कमा ल्याउँथे।711bat साइट भारतबाट सञ्चालित छ भने union क्यानडाबाट सञ्चालित रहेको प्रारम्भिक अनुसन्धान छ।आचार्यका अनुसार उनीहरूले अहिलेसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ बराबरको जुवा खेलाएको भेटिएको छ।उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप १४ थान, मोबाइल ६० थान, बैंकको चेकबुक र बचत पासबुक ९ थान, भिजा कार्ड १९ थान, नेपाली राहदानी ४ र भारतीय राहदानी चार थान बरामद भएको छ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जुवा तथा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान थालिएको छ।’विगत पाँच महिनायता ती दुबै ठाउँमा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाएको पाइएको छ,’ आचार्यले भने। कारोबारको रकम सबै भारतीय बैंकमा जम्मा भएको देखिएको छ।