काठमाडौं, ३१ जेठ । विश्वकपमा खेलाडी मात्रै चर्चामा रहन्न, रेफ्री पनि उत्तिकै चर्चामा रहन्छन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

करिब १२ सय ५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ

2.55K
shares

उदयपुर, चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

त्यस्तै सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका-४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।