काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

4.21K
shares

काठमाडौं, ५ जेठ । उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ ।

युनिभर्सिटी अफ अक्सफोर्ड, डरहम युनिभर्सिटी र टोरन्टो विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले यो अचम्मको खोज गरेको हो। उनीहरूले पृथ्वीको महाद्वीपीय क्रस्ट अर्थात सतहको गहिराइमा हाइड्रोजनको ठूलो भण्डार लुकेको बताएको छ । यो खोजले ऊर्जाको क्षेत्रमा नयाँ अध्याय खोलेको छ । हाइड्रोजनलाई भविष्यको ‘हरियो इन्धन’ भनिन्छ। जब यो जलाइन्छ, केवल पानी उत्पादन हुन्छ, धुवाँ वा सिओ टु केही पनि निस्कदैन् । यही कारणले गर्दा यसलाई जलवायु परिवर्तन विरुद्धको लडाइँमा सबैभन्दा प्रभावकारी हतियार मानिएको छ । हामीले अहिलेसम्म प्रयोग गरेको हाइड्रोजन, यो प्रायः कोइला वा ग्याँसबाट बनेको हुन्छ। यसको मतलब त्यसले आफैं प्रदूषण फैलाइरहेका छन् । तर पृथ्वी भित्र पाइएको हाइड्रोजन पूर्णतया प्राकृतिक हुन्छ। यसलाई ‘सेतो हाइड्रोजन’ भनिन्छ।

यो ग्याँस तेल वा ग्याँसजस्ता ठूला भण्डारहरूमा भण्डारण गरिएको हुन्न । यो बिस्तारै चट्टान र पानीको रासायनिक प्रतिक्रियाद्वारा बनेको हुन्छ र तल गाडिएर  जम्मा हुन्छ। वैज्ञानिकहरूले क्यानडाको पुरानो चट्टानी क्षेत्र ‘क्यानेडियन शिल्ड’ मा यस्ता ठाउँहरूको नक्सा बनाएका छन्। जहाँ जमिन मुनिबाट हाइड्रोजन निस्कन्न सक्छ। अब यो अनुमान गरिएको छ कि त्यस्ता स्थानहरू संसारभर फैलिएको हुन सक्छ र केवल क्यानाडा वा एक क्षेत्रमा मात्रै अब सीमित छैन।

अवश्य पनि,तर यो त्यति सजिलो छैन। यसलाई निकासी गर्न परम्परागत तेल ग्यास ड्रिलिंगजस्तो काम हुँदैन । यसका लागि नयाँ प्रविधि, सटीक नक्साङ्कन र संवेदनशीलता आवश्यक पर्नेछ। वैज्ञानिकहरु अब हाइड्रोजन कहाँ बन्छ ? भनेर पत्ता लगाउन यस्तो प्रविधिमा काम गरिरहेका छन्। यो कसरी बन्छ  र कहाँ जम्मा हुन्छ ? जसरी हामी हिलियम निकाल्छौं।अचम्मको कुरा के छ भने पृथ्वी मुनि केहि ब्याक्टेरियाहरु छन्, जसले निरन्तर हाइड्रोजन खान्छन् । यसको मतलब कुनै ठाउँमा ब्याक्टेरिया बढी भएमा हाइड्रोजन त्यहाँ रहन सक्दैन । तसर्थ, वैज्ञानिकहरूले यस्तो स्थान खोज्नु पर्नेछ, जहाँ यो ग्याँस सुरक्षित रूपमा भण्डारण भएर बसेको होस र समयसँगै गायब हुन नसकोस् ।

वैज्ञानिकहरू भन्छन् कि यदि यी स्रोतहरू पत्ता लगाइयो र सही तरिकाले निकालियो भने यो जीवाश्मा इन्धनको राम्रो र दिगो विकल्प हुन सक्छ। एक अनुमानका अनुसार यो भण्डारले आगामी १.७ लाख वर्षको लागि सम्पूर्ण विश्वको हाइड्रोजनको माग पूरा गर्न सक्छ । र, यो यस्तो समयमा खोजिएको छ कि जब २०५० सम्म हाइड्रोजनको खपत ६ गुणा बढ्नेवाला छ। यस खोजसँग सम्बद्ध वैज्ञानिकहरूले ‘स्नोफक्स डिस्कभरी लिमिटेड’ नामक कम्पनी बनाएका छन्। यो कम्पनीले अब स्याटेलाइट डाटा र भूगर्भीय अनुसन्धानका माध्यमबाट व्यावसायिक रूपमा हाइड्रोजन निकाल्न सकिने ठाउँहरू पत्ता लगाउने काम गर्नेछ ।