काठमाडौँ । देशभर मौसम प्रणाली सक्रिय हुँदा आज अधिकांश स्थानमा बदली र वर्षाको अवस्था...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

देशभर बदली र वर्षा सक्रिय, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावसँगै न्यून चापीय क्षेत्र सक्रिय; मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा जारी

559
shares

काठमाडौँ । देशभर मौसम प्रणाली सक्रिय हुँदा आज अधिकांश स्थानमा बदली र वर्षाको अवस्था देखिएको छ। पश्चिमी तथा स्थानीय वायुको संयुक्त प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रका कारण मौसममा व्यापक परिवर्तन आएको हो।हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ।

त्यस्तै, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि यस्तै प्रकृतिको वर्षा जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत मौसम आंशिक रूपमा सक्रिय देखिएको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी र मधेश प्रदेशका साथै हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली कायम रहने पूर्वानुमान छ।कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साथै अन्य केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।मौसमविद्हरूले मेघगर्जन चट्याङ र हुरीका कारण हुन सक्ने जोखिमबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।