काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

मौसम पूर्वानुमानः कर्णाली–सुदूरपश्चिमका कतिपय स्थानमा ठूलो वर्षा

4.6K
shares

काठमाडौँ, १५ भदौ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान वरिपरि सक्रिय रहँदा आज देशभर आंशिकदेखि पूर्ण बदली हुने पूर्वानुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा कर्णाली–सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि देशभर बदली रहने र कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिमका पहाडी भूभागमा वर्षा दोहोरिन सक्ने अनुमान गरिएको छ । विभागले वर्षासँगै पहिरो, गेग्रान बहाव र नदीनाला बढ्ने जोखिम चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ ।