काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

एआइ प्रयोगका लागि फाइभजी अपरिहार्य : मन्त्री गुरुङ

5.28K
shares

ललितपुर, १६ भदौ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बुद्धिमत्ता (एआइ) प्रभावकारी रूपमा प्रयोग गर्न नेपालमा फाइभजी (5G) नेटवर्क कार्यान्वयन अनिवार्य रहेको बताएका छन्।

नेपाल टेलिकमले आज ललितपुरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले एनटीसीलाई छिटोभन्दा छिटो फाइभजी सुरु गर्न निर्देशन दिएका हुन्। उनले फोरजी सेवाको पहुँच अझ व्यापक बनाउन आग्रह गर्दै भने, डिजिटल फ्रेमवर्कमार्फत सुशासन विस्तार, सेवा छरितो र पारदर्शी बनाउन टेलिकमको भूमिका निर्णायक हुन्छ।

मन्त्री गुरुङका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसै वर्ष भित्रै फाइभजी सेवा सुरु गर्ने सहमति भइसकेको छ। दक्षिण एशियाका धेरै देशमा यो प्रविधि भइसकेको उल्लेख गर्दै उनले काठमाडौं र पोखराबाट फाइभजी विस्तार सुरु गरिने जानकारी दिए। त्यस्तै, टेलिकमलाई जनताको अति आवश्यक सेवाप्रदायी संस्था भन्दै उनले सेवा प्रवाहमा संवेदनशीलता देखाउन सुझाव दिए। आर्थिक वर्षको लक्ष्य पूरा गर्न इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको जोड थियो। सो अवसरमा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमलाई भावी लक्ष्य शतप्रतिशत पूरा गर्ने गरी अघि बढ्न सुझाव दिइन्। सह–सचिव कोशहरी निरौलाले समस्यामा नअल्झी समाधानसहित काम अघि बढाउनुपर्नेमा बल दिए।

कार्यक्रममा सातै प्रदेशका निर्देशकहरुले आफ्ना आगामी कार्ययोजनाका लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाए।