काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रधानमन्त्री ओली शाङ्घाइ सहयोग शिखर सम्मेलनमा सम्बोधन गर्दै

3.03K
shares

काठमाडौं, १६ भदौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको शाङ्घाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गतेदेखि पाँचदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आजको सत्रमा सहभागी राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँगै आफ्नो विचार राख्नेछन्।

सम्मेलनकै अवसरमा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।