विश्वकै प्रदूषित सहरको सूचीमा शिर्ष स्थानमा काठमाडौं, उच्च सावधानी अपनाउन आग्रह
वि.सं.२०८१ चैत २४ आइतवार ११:४८
1.86K
shares
shares

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ। शनिबार बिहान साढे ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो।
काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै अस्वस्थकर मानिन्छ। अहिले हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ। वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ। जहाँ एक्यूआई २९० छ। यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ। लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ।स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। साथै अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ।
















