काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

काँडाघारीमा गान्धी–तुल्सी मेहर अस्पताल तथा प्रत्यारोपण केन्द्र बन्ने, मृगौला प्रत्यारोपण सेवा सहज बनाइने

किड्नी होप फाउन्डेसनको पहलमा गैरनाफामूलक प्रत्यारोपण अस्पताल सञ्चालनको तयारी; सांसद सुनिल केसी र भारतीय दूतावासका उप–नियोग प्रमुखले सहयोगको प्रतिबद्धता जनाए।

1.07K
shares

काठमाडौं,३१ साउन।नेपालमा मानव अंग प्रत्यारोपण सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित काठमाडौंको काँडाघारीमा गान्धी–तुल्सी मेहर अस्पताल तथा प्रत्यारोपण केन्द्र सञ्चालनको तयारी गरिएको छ।

गैरनाफामूलक संस्था किड्नी होप फाउन्डेसन ले नेपाल चर्खा प्रचारक गान्धी तुल्सी स्मारक महागुठीको हाताभित्र सुविधा सम्पन्न प्रत्यारोपण अस्पताल स्थापना गर्न लागेको हो। संस्थाको नेतृत्व मृगौला प्रत्यारोपण क्षेत्रमा अनुभवी सर्जन डा. नारायणप्रसाद भुषाल सहितको चिकित्सक टोलीले गरेको छ।डा. भुषाल नेतृत्वको टोलीले काठमाडौंको एक निजी मेडिकल कलेजमा यसअघि दुई सयभन्दा बढी मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ।

नेपालमा मृगौला प्रत्यारोपण सेवा उपलब्ध भए पनि सरकारी अस्पतालमा लामो प्रतीक्षा र निजी अस्पतालमा उच्च खर्चका कारण धेरै बिरामी उपचारबाट वञ्चित हुने अवस्था छ। यही समस्यालाई समाधान गर्दै गुणस्तरीय तथा सहज पहुँचमा प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्यका साथ केन्द्र स्थापना गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

संस्थाका अनुसार मृगौला लगायत मानव अंग प्रत्यारोपणका लागि हरेक वर्ष ठूलो रकम विदेशिने क्रमलाई समेत यस परियोजनाले कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।अस्पताल निर्माण हुन लागेको स्थानले ऐतिहासिक महत्व बोकेको उल्लेख गर्दै वरिष्ठ समाजसेवी तुल्सीमेहर श्रेष्ठ ले महात्मा गान्धीको विचारबाट प्रेरित भएर नेपालमा चर्खा अभियान र स्वदेशी कपडा उत्पादनको आन्दोलन सुरु गरेको यही परिसरमा अस्पताल स्थापना हुन लागेको बताए । भारतको ८०औँ स्वतन्त्रता दिवस को अवसर पारेर शनिबार आयोजित कार्यक्रममा अस्पताल परियोजनाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुनिल केसी ले दक्ष चिकित्सक र व्यवस्थापन टोलीबाट आफू प्रभावित भएको भन्दै अस्पताल सञ्चालनका लागि व्यक्तिगत, राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपालस्थित भारतीय दूतावासका उप–नियोग प्रमुख डा. राकेश पाण्डे ले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सेतुका रूपमा रहेको स्थानमा अस्पताल स्थापना हुनु खुसीको विषय भएको बताए। उनले नेपाल र नेपालीको हितमा हुने सकारात्मक कार्यमा भारत सधैँ सहकार्यका लागि तयार रहेको उल्लेख गर्दै अस्पताल निर्माण स्थलको अवलोकनसमेत गरेका थिए।