काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

धवलशम्शेरको नयाँ राजनीतिक यात्रा, ‘जय नेपाल पार्टी’ दर्ता

स्थानीय तह निर्वाचन लक्ष्य, दुर्गा प्रसाईंसँग भविष्यमा सहकार्यको संकेत

1.38K
shares

काठमाडौं,२९ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वनेता डा. धवलशम्शेर राणा ले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। शुक्रबार आयोग पुगेर दल दर्ता प्रक्रिया पूरा गरेका राणाले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक अभियान सुरु गरिएको बताएका हुन्।दल दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं सँग भविष्यमा सहकार्य हुने सम्भावना रहेको संकेत गरे। प्रसाईंलाई पार्टीमा सहभागी हुन खुला निम्तो दिँदै राणाले अहिले पार्टी दर्ता भइसकेको र आगामी चरणमा सहकार्यबारे छलफल हुने बताए।

राणाका अनुसार जय नेपाल पार्टीले निर्वाचन आयोगबाट ‘त्रिभुज’ चुनाव चिह्न प्राप्त गरेको छ। उनले त्रिभुजलाई हिमाल, पहाड र तराईको एकता तथा सनातन धर्म, राजसंस्था र प्रजातन्त्रको प्रतीकका रूपमा व्याख्या गरे।पार्टीको झण्डा सेतो रंगको हुनेछ भने त्यसको केन्द्रमा रातो त्रिभुज रहने उनले जानकारी दिए।राणाले पार्टीको पहिलो प्राथमिकता आगामी स्थानीय तह निर्वाचन रहेको स्पष्ट पारे। उनका अनुसार देशभरका सबै स्थानीय तहमा उम्मेदवार उठाउने तयारी भइरहेको छ।उनले इमानदार, सेवाभावी र स्थानीय स्तरमा काम गर्न चाहने नेपाली नागरिकलाई जय नेपाल पार्टीबाट उम्मेदवार बन्न आवेदन दिन समेत आह्वान गरे।