काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

‘जेन जी’ पुस्ताको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन : भ्रष्टाचार र प्रतिबन्धविरुद्ध आवाज

बिहान ११ बजेदेखि सुरु हुने प्रदर्शनलाई शान्तिपूर्ण र कानुनी ढंगले अघि बढाउने तयारी भएको आयोजकहरूले बताएका छन्

2.28K
shares

काठमाडौं, २३ भादौ।सरकारको बेथिति, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सम्भावित प्रतिबन्ध र  यी सबै विरुद्ध आज राजधानी माइतीघरमा ‘जेन जी’ पुस्ता सडकमा उत्रने  भएका छन्। बिहान ११ बजेदेखि सुरु हुने प्रदर्शनलाई शान्तिपूर्ण र कानुनी ढंगले अघि बढाउने तयारी भएको आयोजकहरूले बताएका छन्।

“हामी कानुन बुझ्छौं, त्यसको पालना गर्छौं” भन्ने नारा बोकेर आएका युवाहरूले न्याय, पारदर्शिता र जवाफदेही शासन प्रणालीको माग गरेका छन्। उनीहरूको भनाइमा यो अभियान कुनै दल वा नेताका लागि नभई नेपालको भविष्य का लागि हो।

प्रदर्शन हिंसारहित हुने स्पष्ट पार्दै आयोजकहरूले सरकारलाई चेतावनी दिएका छन् , यदि बलप्रयोग भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले नै लिनुपर्छ। सहभागीहरूलाई पनि तोडफोड वा अव्यवस्था नगरी एकता र सृजनशीलतामार्फत शक्ति देखाउन आह्वान गरिएको छ।

भ्रष्टाचारविरुद्धको यो आवाजलाई जेन जी पुस्ताले सामाजिक न्याय, मानव अधिकार र दीगो विकासको सुरुवात का रूपमा लिएका छन्।