काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

2.63K
shares

 काठमाडौं, भदौ २३ । राजधानीसहित देशका विभिन्न सहरमा भइरहेको जेनजी पुस्ताको आन्दोलनले देश फेरि एकपटक राजनीतिक उथलपुथलको संघारमा पुगेको संकेत दिन थालेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार, सोमबारसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३ सय ४७ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। २०६२/६३ को जनआन्दोलन : राजतन्त्रविरुद्धको असन्तोष, बहुदलीय लोकतन्त्र पुनःस्थापना र शान्तिपूर्ण आन्दोलनको नाममा सडकमा लाखौं मानिस आनेदोलित थिए। त्यतिबेला आन्दोलन लामो समयसम्म शान्तिपूर्ण तरिकाले चलेको थियो, तर सुरक्षाकर्मीको बल प्रयोगले ठूलो रक्तपात भएको थियो ।२०८२ को जेनजी आन्दोलन : अहिलेको आन्दोलन भने नयाँ पुस्ताको नेतृत्वमा सुरु भएको छ। उनीहरू भ्रष्टाचार, असमानता, सामाजिक सञ्जालमाथि सम्भावित प्रतिबन्ध, र बेरोजगारीविरुद्ध सडकमा उत्रिएका छन्। यो आन्दोलन संरचनात्मक राजनीतिक मुद्दाभन्दा जीवनशैली र स्वतन्त्रताको सवालमा बढी केन्द्रित देखिन्छ। यसपटक पनि ज्यान गुमाउने र घाइते हुनेको संख्या बढ्दै जानु २०६२/६३ को स्मृति झल्काउने खालको छ। काठमाडौंमै सबैभन्दा धेरै मृत्यु दर्ता भएको छ जसमा सिभिल अस्पताल : ३ राष्ट्रिय ट्रमा सेन्टर : ८ एभरेष्ट अस्पताल : ३ केएमसी : २ त्रिवि शिक्षण अस्पताल : १ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान : २ जनाले ज्यान गुमाएकाछन् ।

सुरुवातमा शान्तिपूर्ण आन्दोलनको सुरुवात भयो तर सुरक्षाकर्मी–प्रदर्शनकारी भिडन्तपछि हिंसात्मकरुप लिंदै राजधानी केन्द्रित आन्दोलन देशभर फैलिन थालेको स्थिति बन्यो । मृत्यु र घाइतेको संख्या बढ्दै जाँदा सरकारले संकट व्यवस्थापनमा चुनौती भोग्नु स्वभाविक रह्यो, २०६२/६३ मा आन्दोलनको नेतृत्व राजनीतिक दलहरूले गरेका थिए, अहिले भने आन्दोलनमा स्पष्ट राजनीतिक नेतृत्व छैन । अहिलेको आन्दोलनमा सामाजिक सञ्जाल मुख्य संयोजक बनेको छ, जुन अघिल्लो आन्दोलनमा थिएन।आजका मागहरू तत्कालीन राजनीतिक परिवर्तनजस्तो ठूला नभएर जीवनशैली, स्वतन्त्रता र अवसरसँग सम्बन्धित छन्।

विश्लेषकहरू भन्छन्  यदि आन्दोलनलाई सम्बोधन गर्न सरकार असफल रह्यो भने, यो असंगठित जेनजी आक्रोश दीर्घकालीन राजनीतिक शक्तिमा परिणत हुन सक्छ। २०६२/६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेर गणतन्त्र जन्माएको थियो, यसपटकको आन्दोलनले कस्तो नयाँ रूपान्तरण ल्याउने हो, समयले मात्रै बताउने छ।