काठमाडौँ । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस...

पुरा पढ्नुहाेस्

दसैँका लागि गाउँ फर्किने बढेपछि सुनसान बन्दै काठमाडौँका सडक

उपत्यका छाड्नेको सङ्ख्या बढेसँगै सवारीसाधनको चाप र पैदलयात्रुको चहलपहल घट्यो

1.07K
shares

काठमाडौँ । दसैँ नजिकिँदै जाँदा आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा चहलपहल घटेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेपछि सडकमा सवारीसाधनको चापसमेत कम भएको हो।

सामान्य दिनमा सवारीसाधनको चाप, धुवाँधुलो र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौँका सडक पछिल्लो समय तुलनात्मक रूपमा शान्त र खुला देखिन थालेका छन्।

दसैँ मनाउन उपत्यका छाड्ने क्रम बढेसँगै सडकमा निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन र पैदलयात्रुको चहलपहल विगतका दिनको तुलनामा कम भएको छ।

यद्यपि, सडकमा सवारीसाधनको आवागमन पूर्ण रूपमा घटिसकेको छैन। मुख्य सडक तथा चोकहरूमा सवारीसाधन सञ्चालन भइरहे पनि सामान्य दिनको तुलनामा सडकमा चाप कम देखिन थालेको छ।

दसैँका लागि घर फर्किने क्रम बढेसँगै उपत्यकाको व्यस्त दैनिकीमा समेत परिवर्तन देखिएको छ। नियमित रूपमा ट्राफिक जामको समस्या भोग्दै आएका सडक प्रयोगकर्ताले अहिले तुलनात्मक रूपमा सहज आवागमनको अनुभव गर्न थालेका छन्।