काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा गरिएन कुनै तामझाम

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदै, विमानस्थलमा औपचारिक बिदाइ र ‘गार्ड अफ अनर’ नहुने

208
shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदेश भ्रमणका क्रममा गरिँदै आएको परम्परागत औपचारिक बिदाइको शैलीलाई निरन्तरता नदिने भएका छन्।

प्रधानमन्त्री शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार न्यूयोर्क प्रस्थान गर्दैछन्। उनको प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक बिदाइ कार्यक्रम नराखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्री शाह बालुवाटारस्थित निवासबाट सिधै विमानस्थल पुगेर भीआईपी मार्ग हुँदै विमानतर्फ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालका अनुसार शाह दिनभर सिंहदरबारमा विभिन्न भेटघाटमा व्यस्त रहनेछन् र साँझ निवासबाट विमानस्थल जानेछन्।

यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक बिदाइ कार्यक्रम आयोजना हुने गरेको थियो। त्यस्ता कार्यक्रममा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहने गरेको थियो। यसपटक भने त्यस्तो औपचारिक कार्यक्रम नराखिएको जनाइएको छ।प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा नेपाली सेनाबाट गार्ड अफ अनर दिने परम्परा रहे पनि यसपटक त्यस्तो कार्यक्रमसमेत नराखिएको समाचारहरूमा उल्लेख छ। भोटेकोशीमा आएको बाढीबाट देश शोकमा रहेकाले औपचारिक बिदाइ कार्यक्रम नगर्ने निर्णय गरिएको जनाइएको छ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४)सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। उनको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियारलगायत सहभागी छन्।प्रधानमन्त्री शाह महासभामा सहभागी भएर असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।