प्रतिकूल मौसमबीच माथिल्लो त्रिशूली–३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
फ्लडलाइट, जेसीबी र अत्याधुनिक सर्च क्यामेराको प्रयोग गर्दै फसेका नागरिकको खोजी तथा उद्धार प्रयास जारी
वि.सं.२०८३ भदौ १४ आइतवार ०८:५८
shares

काठमाडौं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच पनि बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि प्रयास जारी रहेको छ ।
अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको प्रयास गरिरहेको छ । रातको अँध्यारो तथा प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई ध्यानमा राख्दै उच्च क्षमताका फ्लडलाइट जडान गरेर कार्यस्थलमा उद्धार कार्य जारी राखिएको छ ।घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबीसहितका भारी एक्स्क्याभेटर निरन्तर प्रयोग भइरहेका छन् । त्यसबाट बाटो खोल्ने तथा पुरिएका सम्भावित स्थानसम्म पुग्ने प्रयास भइरहेको छ ।उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ तथा विशेष मोनिटरको प्रयोग गरी सम्भावित स्थानमा सूक्ष्म रूपमा खोजी गरिरहेको छ । प्राविधिक टोलीहरू आपत्कालीन उपकरण तथा प्राथमिक उपचारका सामग्रीसहित घटनास्थलमा समन्वय गर्दै उद्धार कार्यमा जुटेका छन् ।


















