काठमाडौं, २५ भदौ। नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा भदौ २५ अर्थात् सेप्टेम्बर १० विभिन्न...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

बाढी प्रभावित नागरिकको उद्धार तथा आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात

महानगर प्रहरीसहित दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन

390
shares

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालनका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरेको छ ।

महानगरपालिकाका अनुसार आज बिहान ६ बजे दुईवटा सवारीसाधनमा महानगर प्रहरीसहितको टोली नुवाकोटतर्फ प्रस्थान गरेको हो ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले टोली परिचालन गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरले विपद्का कारण समस्यामा परेका नागरिकलाई सुरक्षित स्थानमा पुग्न सहयोग गर्ने तथा आवश्यकताअनुसार निःशुल्क यातायात सेवा उपलब्ध गराउने जनाएको छ ।