काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज संघीय संसदका ४ समितिको बैठक बस्दै, योजना आयोगदेखि बाल सुधार गृहसम्मका विषयमा छलफल

अर्थ, शिक्षा–स्वास्थ्य, संघीयता सबलीकरण तथा कानुन समितिले विभिन्न प्रतिवेदन, विधेयक र विकास आयोजनाको प्रगतिबारे छलफल गर्ने

702
shares

काठमाडौं, २९ असार । संघीय संसद अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछन्।संघीय संसद सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकहरूमा राष्ट्रिय योजना आयोगका कामकारबाही, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक, मधेश प्रदेशको स्थलगत अनुगमन प्रतिवेदन तथा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थालगायत विषयमा छलफल हुनेछ।

बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठक मा आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय योजना आयोगले गरेका प्रमुख कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन अवस्था तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना एवं अन्य विकास आयोजनाहरूको प्रगतिबारे छलफल गरिनेछ।यस्तै, बिहान ११:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक मा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ।

दिउँसो १:०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफललाई निरन्तरता दिइनेछ।त्यसैगरी, दिउँसो १:०० बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक मा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।