काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सर्लाही–४ मा मतगणना सुरु, पहिलो चरणमा बलरा नगरपालिकाका ६ वडाको मत गणना

1.96K
shares

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान करिब सवा १० बजेदेखि मतगणना प्रक्रिया सुरु गरिएको हो। यस क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेका कारण राष्ट्रिय राजनीतिमा समेत चासोका साथ मतगणना हेरिएको छ।मतगणनाको पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका भएकाले प्रारम्भिक मतपरिणामलाई विशेष महत्वका साथ हेरिएको छ।निर्वाचन कार्यालयले मतगणना पारदर्शी र व्यवस्थित ढंगले अगाडि बढाइने जनाएको छ। प्रारम्भिक मतपरिणाम केही समयपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।