काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

एनएसडब्ल्यू स्टेट कराते च्याम्पियनसिपमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमीको ऐतिहासिक सफलता

हिलो सहभागितामै दुई स्वर्ण र एक रजत पदक, प्रशिक्षक मुकुन्द्र महर्जन बने स्टेट च्याम्पियन

1.87K
shares

सिड्नी, अष्ट्रेलिया । एभरेष्ट मार्सल आर्ट्स एकेडेमीले अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) मा आयोजित २०२६ को स्टेट अल–स्टाइल कराते च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गरेको छ। पहिलो पटक सहभागिता जनाएको एकेडेमीले प्रतियोगितामा दुई स्वर्ण र एक रजत पदक जित्दै उल्लेखनीय उपलब्धि हात पारेको हो।

प्रतियोगितामा एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले पुरुष भेट्रान (३०–४० वर्ष) समूहमा स्वर्ण पदक जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। त्यस्तै, लक्ष्मी भट्टाले सिनियर महिला -७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छन्।जुनियर (८–९ वर्ष) समूहमा आयात महर्जनले रजत पदक जित्दै एकेडेमीका लागि थप गौरव दिलाएका छन्।एभरेष्ट मार्सल आर्ट्स एकेडेमीले न्यू साउथ वेल्समा पहिलो पटक औपचारिक रूपमा सहभागिता जनाउँदै तीन पदक जित्न सफल भएको जनाएको छ। एकेडेमीका अनुसार यो सफलता आगामी प्रतियोगिताहरूका लागि महत्वपूर्ण प्रेरणा बनेको छ।एकेडेमीले अनुशासन, मेहनत र निरन्तर अभ्यासमार्फत आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।