काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रतिनिधि सभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु

प्रचारप्रसार गर्न नपाइने, उल्लंघन गरे उम्मेदवारी नै रद्द हुन सक्ने चेतावनी

1.12K
shares

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। राजनीतिक दल तथा उम्मेदवारहरूले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन।आयोगका अनुसार मौन अवधि मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ।मौन अवधिमा कुनै पनि प्रकारका प्रचारप्रसार, छलफल, अन्तर्क्रिया, सभा–सम्मेलन, कार्यशाला तथा गोष्ठी आयोजना गर्न निषेध गरिएको आयोगले जनाएको छ।

त्यस्तै मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ। साथै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार वा राजनीतिक दलमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्। उनले आचरणविपरीत गतिविधि गरे उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने बताए।