काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सिद्धान्तमा सम्झौता गरेर कांग्रेस सरकारमा जाँदैन : सभापति गगन थापा

गगन थापाको घोषणाः गठबन्धनबिनै १६५ क्षेत्रमा उम्मेदवारी, गरिबी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध कांग्रेसको संघर्ष

2.76K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी नहुने स्पष्ट बताएका छन्।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नं.–५ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा उनले सरकारमा जाने अवसर बारम्बार आउने भए पनि कांग्रेसले आफ्नो राजनीतिक धारणा र प्रतिबद्धता कमजोर पारेर सत्ता प्राप्तिको बाटो नअपनाउने बताए। उनका अनुसार कांग्रेस चुनाव जित्ने र सरकारको नेतृत्व गर्ने लक्ष्यमा रहे पनि सिद्धान्तमा सम्झौता गर्ने पक्षमा छैन।सभापति थापाले चुनावअघि हुने गठबन्धनलाई “ठगबन्धन” को संज्ञा दिँदै कांग्रेसले कुनै दलसँग तालमेल नगरी प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको दाबी गरे। उनले आगामी निर्वाचनपछि कांग्रेसले सबै पक्षलाई समेट्दै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।

उनले कांग्रेसको मुख्य लडाइँ कुनै राजनीतिक दलसँग नभई गरिबी, बेरोजगारी र भ्रष्टाचारसँग भएको उल्लेख गरे। राज्यका संवैधानिक तथा सरकारी संस्थालाई सुदृढ बनाउँदै सुशासन स्थापना गर्न कांग्रेस प्रतिबद्ध रहेको पनि उनले बताए। अख्तियार, अदालत लगायत संस्थालाई प्रभावकारी बनाइए देशमा सुशासन कायम हुने उनको भनाइ थियो।