आजको राशिफल: २०८२ पुष १५ गते मंगलबार,२०२५ डिसेम्वर ३० तारिख
वि.सं.२०८२ पुस १५ मंगलवार ०९:४८
shares

वि.सं. २०८२ पौष १५ गते मङ्गलवार तदनुसार ई. सं. २०२५ डिसेम्बर ३० तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, आज काठमाण्डौमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे हुनेछ । पौष शुक्लपक्ष (पोहेलाथ्व) एकादशी तिथि, मध्यरात्रीपछि ०१:२४ बजेसम्म, त्यसपछि द्वादशी तिथि, भरिणी नक्षत्र, मध्यरात्रीपछि ०१:०७ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, मध्यरात्रीपछि ०६:४३ बजेसम्म, त्यसपछि बृष राशिमा, सिद्धि योग, बेलुका १०:४८ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा वणिज करण दिउँसो ०२:३२ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपछि ०१:२४ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०५:५९ बजेदेखि भोलि बिहान ०५:२६ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : श्री पुत्रदा एकादशी व्रत, मन्वादि, कविशिरोमणि लेखनाथ जयन्ती, त्रिपुष्कर योग मध्यरात्रीपछि ०१:२२ बजेपछि, गुरुङहरूको नयाँ वर्ष (तमु ल्होत्सार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शित गर्न सकिनेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा सानो परिश्रमले राम्रो लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजनातर्फ अग्रसर भइनेछ। शत्रुहरूले झुक्याउन सक्लान् सावधान रहनुहोला। शेयर बजारबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। आयस्रोत सबल रहनेछ। रोग र शत्रुबाट छुटकारा मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ।आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक स्थलमा मठमन्दिर तर्फ घुमफिरका योग छन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको मार्ग प्रशस्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खानपिनमा सजगता अपनाउनुहोस्। बोलिको विपरीत अर्थ लाग्नेछ। कार्यक्षेत्रलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूको लागि लाभ रहनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समयमा होस् नपुर्याउँदा खर्च बढ्नेछ। शुभचिन्तकको कुराहरूलाई वेबास्था नगर्नुहोस्। अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ मिल्नेछ। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। अप्ठ्यारो चुनौतीहरूको भित्र अवसर खोज्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तुको लाभ हुनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। आफन्तहरूको मध्य कुनै कुरालाई लिएर विवाद बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिक्षा गरेको काम छिटै सम्पादन हुनेछ। भाग्यको साथ पाइनेछ। लगनशीलताले नाम,काम र दाम कमाउन सकिनेछ। सहयोगीहरूको साथ मिल्नाले नँया कार्यप्रति हिम्मत मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। बोलिको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।










