काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मंगलबार बिहान...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

त्रिवि ५१औँ दीक्षान्त समारोह सम्पन्न, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित

4.21K
shares

काठमाडौँ, पुस १० ।  त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौँस्थित दशरथ रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशिला कार्कीले दीक्षित विद्यार्थीहरूलाई विभिन्न तहका उपाधि प्रदान गर्नुभएको हो। शैक्षिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा विद्यार्थीहरूलाई स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि (पीएचडी) तहका उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ। त्रिवि प्रशासनका अनुसार हालसम्म विश्वविद्यालयबाट ८९ हजार १०१ विद्यार्थी विभिन्न तहमा स्नातक भइसकेका छन्। यस वर्षको दीक्षान्त समारोह विशेष रूपमा ऐतिहासिक बनेको छ, किनभने विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो। समारोहमा सह कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, विभिन्न संकायका डिन, प्राध्यापक, शिक्षाविद् तथा विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले विश्वविद्यालय सुधार र गुणस्तर अभिवृद्धिको दिशामा निरन्तर अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले दीक्षित सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै राष्ट्र निर्माणमा ज्ञान, सीप र नवप्रवर्तनमार्फत योगदान गर्न आग्रह गर्नुभयो।दीक्षान्त समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जहाँ दीक्षित विद्यार्थी तथा अभिभावकहरूमा विशेष उल्लास देखिन्थ्यो।