काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मंगलबार बिहान...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा सार्वजनिक

3.78K
shares

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्ने उद्देश्यसहित आचारसंहिताको मस्यौदा तयार गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सुझाव संकलनका लागि सार्वजनिक गरेको हो।मस्यौदामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समावेश छन्। यो आचारसंहिता लागू भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज भएको आयोगले स्पष्ट गरेको छ।आचारसंहितामा उल्लङ्घन गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न सकिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।आयोगले मस्यौदामाथि सरोकारवालाबाट आवश्यक सल्लाह र सुझाव प्राप्त गरी अन्तिम आचारसंहिता जारी गर्ने जनाएको छ।