काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

मतदाता नामावलीमा देशभर २ लाखभन्दा बढी नयाँ नाम दर्ता

प्रधानमन्त्री कार्कीको आयोगलाई म्याद पुनरावलोकन निर्देशन

1.12K
shares

काठमाडौँ ।

निर्वाचन आयोगले देशभर २ लाख ९ हजार ५ सय ५२ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएको जनाएको छ । आयोगका अनुसार यो तथ्यांक हिजो मंगलबारसम्मको हो । सोही दिन मात्रै २३ हजार ६ सय ३८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।

तीमध्ये १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्य रहेका आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार केही जिल्लाहरूमा मतदाता नामदर्ता गराउने सेवाग्राहीको अत्यधिक चाप देखिएकाले सहज सेवा प्रवाहका लागि दैनिक ८ सयभन्दा बढी नाम दर्ता हुने जिल्लाहरूमा ६–६ घण्टाका दुई सिफ्टमा सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।यसैबीच मतदाता नामावली संकलनको म्याद सकिन एक साता भन्दा कन समय बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई पत्र पठाउँदै मतदाता नामावली संकलनको अवस्थाप्रति चासो व्यक्त गरेकि छिन् ।

प्रधानमन्त्रीले आयोगलाई मतदाता नामावली संकलनको म्याद पुनरावलोकन गर्न र आवश्यक परे म्याद विस्तारका उपाय गर्न आग्रह गरेको पत्रमा उल्लेख छ । साथै दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेका तथ्यांक प्रयोग गर्न मिल्ने गरी प्राविधिक र कानुनी प्रक्रिया अघि बढाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएकि छिन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय गरिएको छ । त्यसका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न यही कात्तिक ३० गतेसम्मको समय तोकिएको छ ।