काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सरकार र दुर्गा प्रसाईं समूहबीच औपचारिक वार्ता सुरु, आन्दोलन स्थगित

सरकार विरुद्ध सडक आन्दोलनको तयारीमा रहेको प्रसाईं समूहसँग बुधबारबाट गृह मन्त्रालयले औपचारिक वार्ता प्रक्रिया सुरु गरेको हो।

1.34K
shares

काठमाडौँ ।सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’बीच संवादको ढोका खुलेको छ। लामो समयदेखि सत्ताविरुद्ध सडक आन्दोलनको तयारीमा रहेको प्रसाईं समूहसँग बुधबारबाट गृह मन्त्रालयले औपचारिक वार्ता प्रक्रिया सुरु गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा पुगेको टोलीले गृह मन्त्रालयमा पहिलो चरणको छलफल गरेको छ।वार्तामा स्वयं दुर्गा प्रसाईं सहभागी नभए पनि उनले सरकारको बोलावटलाई सकारात्मक रूपमा लिँदै, संवादमै समस्याको समाधान खोजिने विश्वास व्यक्त गरेका छन्।प्रसाईंले सामाजिक सञ्जालमार्फत लेखेका छन्, यदि सरकारले औपचारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी त्यसलाई स्वागत गर्छौं। हामी जनताका मुद्दा वार्तामार्फतै अघि सार्नेछौं। गृह मन्त्रालयका अनुसार वार्तामा सरकारले मंसिर ७ गतेदेखि सुरु हुने भनिएको आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो। सोही अनुरोधअनुसार अभियानका प्रतिनिधिहरूले तत्कालका लागि आन्दोलन स्थगित गर्ने निर्णय लिएका छन्।

मन्त्रालय स्रोतका भनाइअनुसार सरकारले प्रसाईं समूहका मागबारे विस्तृत छलफलका लागि छुट्टै वार्ता समिति बनाउने तयारी गरेको छ। सुरक्षासम्बन्धी चासो, धार्मिक स्वतन्त्रता, शैक्षिक सुधार र वैदेशिक नीति सम्बन्धी विषयलाई आगामी बैठकको एजेन्डामा राखिने भएको छ।पछिल्ला महिनाहरूमा प्रसाईं नेतृत्वको अभियानले ‘राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति’का नारामा देशव्यापी अभियान चलाउँदै आएको थियो। भ्रष्टाचार नियन्त्रण, आर्थिक पारदर्शिता र राष्ट्रवादी नीति पुनर्स्थापनाका मागसहित आन्दोलनको तयारी भइरहेको अवस्थामा सरकारले वार्ता प्रक्रिया अघि बढाएको हो। वार्ता सुरु भएपछि राजमार्ग अवरोध, आमसभा र प्रदर्शनजस्ता कार्यक्रमहरू तत्कालका लागि रोकिएका छन्। तर अभियानका नेताहरूले वार्ताले जनअपेक्षाअनुसार परिणाम नल्याए आन्दोलन पुनः तीव्र बनाइने चेतावनी दिएका छन्। गृहमन्त्री अर्यालले पत्रकारहरूसँग भने, राजनीतिक वा सामाजिक असन्तुष्टिलाई सडकमा होइन, संवादको मेजमा समाधान गर्नुपर्छ। सरकार त्यसै दिशातर्फ अग्रसर छ। गृह मन्त्रालयका अनुसार सरकार–प्रसाईं समूहबीचको संवाद निरन्तर हुने छ, र अबका छलफलहरूमा आन्दोलनका मूल मागहरू केन्द्रविन्दुमा रहनेछन्।