काठमाडौं। संसद् अधिवेशन स्थगित गर्दै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि देशको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

फेरिँदै नेपालगन्ज विमानस्थलको मुहार

3.32K
shares

नेपालगन्ज, २१ कात्तिक ।
अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका रुपमा विकसित नेपालगन्ज विमानस्थलको मुहार फेरिएको छ । नयाँ टर्मिनल भवन निर्माणसंगै विमानस्थलको मुहार फेरिएको हो ।
नेपालगज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको छ । अन्तरास्ट्रियस्तरको टर्मिनल भवन निर्माण समयभन्दा २ महिना अगाडि निर्माण सम्पन्न भएर संचालनमा आउने तयारीमा छ ।  पश्चिम नेपालको आर्थिक विकाससंगै अन्तर्राष्ट्रिय उडानका लागि नेपालगन्ज विमानस्थल उडान भर्न तयार भएको अधिकारीहरुले बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले समयमै निर्माण सप्पन्न गर्ने निर्माण कम्पनी शर्मा एण्ड कम्पनीलाई धन्यवाद दिए ।
शर्मा एण्ड कम्पनीले २०७९ पुस १७ गते २ अर्ब ३४ करोड लागत काम शुरु गरि २०८२ पुस १६ मा सम्पन्न गर्ने गरि सम्झौता गरेकोमा २ महिना अगाडि सम्पन्न गरेको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताए