काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रधानमन्त्री ओली र भियतनामी प्रधानमन्त्री बिच द्विपक्षीय भेटवार्ता

2.29K
shares

थियानजिन , १५ भदौ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

यस भेटमा दुबै नेता आर्थिक, सांस्कृतिक र कूटनीतिक सम्वन्धमा नयाँ आयाम ल्याउने सम्भावनाहरूमा छलफल गरेका थिए। भियतनामकी उपराष्ट्रपति भो थी आन सुयानको नेपाल भ्रमण र त्यसपछि ओलीलाई भियतनाम भ्रमणमा आमन्त्रण गरिएको कुराले सम्बन्ध थप प्रगाढ भएको संकेत गर्दछ। ओलीले भविष्यमा नेपालमा ऊर्जा क्षेत्र लगायतका क्षेत्रहरूमा लगानी गर्न सकिने विषयमा पनि जोड दिएका थिए भने, आफ्नै देशलाई विकासोन्मुख राष्ट्रमा परिणत गर्ने तयारीमा रहेको कुरा स्पष्ट पारेका थिए।