विराटनगर, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सभापति देउवाले पुस्तकालयमा योगदान पुर्याउने चौलागाईँलाई सम्मान गरे

2.9K
shares

काठमाडौं — नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईँलाई पार्टीले विशेष सम्मान गरेको छ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच पार्टी सभापति शेरबहादुर देउवाले चौलागाईँलाई सम्मानपत्र प्रदान गर्दै केन्द्रीय पुस्तकालयका लागि प्रदान गरिएको आर्थिक योगदानप्रति आभार व्यक्त गरे।

सभापति देउवाका अनुसार चौलागाईँले पार्टीको ज्ञान आर्जन र अध्ययन संस्कृतिमा टेवा पुर्‍याउने उद्देश्यले पुस्तकालय स्थापना प्रयासमा महत्वपूर्ण सहयोग गरेका हुन् । हाम्रा नेताहरूले पुस्तकालय जस्ता संरचनामार्फत अध्ययन संस्कृतिलाई जोड दिएका छन्। कांग्रेसीहरू पढ्दैनन् भन्ने धारणा तोड्न पुस्तकालय उपयोगी सावित भएको छ, देउवाले भने । चौलागाईँ रामेछाप जिल्लामा पार्टीको सक्रिय नेताका रूपमा परिचित छन्। स्थानीय तहमा जनसम्पर्क बलियो बनाएका चौलागाईँलाई जनताको विश्वास जित्न सफल नेताको रूपमा सभापति देउवाले चिनाएका छन्। पार्टीले स्थापना गरेको पुस्तकालयलाई चौलागाईँको आर्थिक सहयोगले थप व्यवस्थित बनाउन सहयोग पुगेको भन्दै नेतृत्वस्तरबाट प्रशंसा गरिएको हो ।