काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ । नेतृत्व चयनसँग...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट

6.37K
shares

काठमाडौं, २४ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठनका  प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ ।  भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ

उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्धन, लगानी मैत्री वातावरण निर्माण तथा सो संगठनसँगको सहकार्यका विषयमा छलफल भएको छ ।  विशेषगरी नेपालको व्यापारको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति जनाउने उपायहरूबारे छलफल भएको हो । भेटघाटमा नेपालको व्यापार नीति अझ प्रभावकारी बनाउने, विदेशी लगानीलाई आकर्षित गर्ने, युवा उद्यमशीलतालाई प्रवर्धन गर्ने तथा वस्तु र सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सघाउने अपेक्षा गरिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।