ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

इरानका वरिष्ठ सैन्य अधिकारी शादमानी मारिएको इजरायलको दाबि

7.28K
shares

काठमाडौँ । इजरायली सेनाले आफ्नो आक्रमणमा वरिष्ठ इरानी सैन्य अधिकारीको मृत्यु भएको दाबी गरेको छ । केहि दिन अघि मात्र जिम्मेवारी सम्हालेका इरानी सेनाका चिफ अफ स्टाफ अली शादमानीको मृत्यु भएको इजरायलले दाबी गरेको छ । उनलाई इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नजिकको भएको बताइएको छ । इजरायली सेनाले भनेको छ- सटीक गुप्तचरको आधारमा मध्य तेहरानमा इजरायली वायु सेनाको आक्रमणमा इजरायली वायु सेनाको सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीको निकटतम सैन्य सल्लाहकार अली शादमानी मारिएका छन् । शादमानी शुक्रबारको इजरायलको आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारी मारिएपछि इरानी सेनाको चिफ अफ स्टाफमा नियुक्त भएका थिए । उनी हाल इजरायलविरुद्ध जारी रहेको आक्रमणको प्रमुख रणनीतिकार रहेको बताइएको छ ।