काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

इरान र इजरायललाई तनाव रोक्न र शान्तिको बाटो अपनाउन अपील

3.99K
shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपील गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- इरानको आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिसाइल प्रहार गरेको छ । अब धेरै भयो । यसलाई रोक्ने समय आएको छ । शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ ।

युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँग कुरा गरेकी उल्लेख गर्दै भनेकी छन्- ‘म दोहोर्‍याउँछु कि इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार छ । साथै क्षेत्रीय स्थिरता कायम राख्नु धेरै महत्त्वपूर्ण छ । उनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न अपील गरेकी छिन् ।

इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, त्यसपछि इरानले बदलामा इजरायलमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । त्यसबेलादेखि दुई देशबीच तनाव छ ।