काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

धन, समृद्धि र सुखशान्तिको कामना गर्दै लक्ष्मी र कुबेरको पूजा गरिने, दीपावलीको उत्सव सुरु

1.24K
shares

काठमाडौं । आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ । दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा लिइने यस पर्वमा विशेषगरी सुनचाँदी, तामा, पित्तल तथा विभिन्न धातुका भाँडाकुँडा र नयाँ सामग्री खरिद गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, शान्ति, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । यस दिन खरिद गरिएका सामग्री घरमा स्थापना गरी लक्ष्मी पूजा गर्नाले माता लक्ष्मी प्रसन्न हुने र घरमा धनसम्पत्तिको बास हुने जनविश्वास छ ।

धनतेरसका अवसरमा श्रद्धालुहरूले घरको सरसफाइ गरी पवित्र मन र शुद्ध चित्तले पूजा अर्चना गर्छन् । यस दिन लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलनसमेत छ । धार्मिक मान्यताअनुसार कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ । आफ्नो आर्थिक क्षमताअनुसार माटोका मूर्ति तथा तस्बिर खरिद गर्न सकिने विश्वास छ ।

यस पर्वमा विशेषगरी सुन, चाँदी, तामा, पित्तल र स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ । सम्भव भएसम्म चाँदीको कुनै सामग्री खरिद गर्नु शुभ मानिन्छ । धनतेरसमा खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने धार्मिक मान्यता पनि रहेको छ ।

त्यस्तै, यस दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउने चलन छ । यी सामग्रीलाई लक्ष्मी पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुनुका साथै मानसिक शान्ति प्राप्त हुने जनविश्वास छ ।

धनतेरसलाई धन र समृद्धिकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार यस दिन पूजा आराधना गर्नाले घरपरिवारमा सुख, शान्ति र आर्थिक समृद्धि प्राप्त हुन्छ ।

धनतेरससँगै दीपावलीको धार्मिक उत्सव सुरु हुने भएकाले यस दिनदेखि घरआँगनको सरसफाइ, दीप प्रज्वलन, पूजाआजा तथा नयाँ सामग्री खरिद गर्ने क्रम बढ्ने गर्छ ।