काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

बारामा ३ वर्षीया बालिकाको हत्या : न्यायको माग गर्दै स्थानीयद्वारा राजमार्ग अवरुद्ध

घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउन स्थानीयको प्रदर्शन

1.17K
shares

बारा, ४ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनापछि स्थानीयबासी आक्रोशित बनेका छन्। घटनामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै बिहीबार बिहान स्थानीयले त्रिभुवन राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। सडकको दुवैतर्फ लामो दूरीसम्म मालवाहक तथा यात्रुवाहक सवारीसाधन रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्।स्थानीयबासीले दोषीलाई तत्काल सार्वजनिक गरी कानुनी कारबाही गर्न, घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले घटनाले सिंगो समुदायलाई स्तब्ध बनाएको भन्दै सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएका छन्।

प्रदर्शनस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा राख्दै आन्दोलनकारीसँग वार्तामार्फत सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।तीन वर्षीया गरिमा चौधरीको हत्या कसरी र किन भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। हालसम्म घटनाको विस्तृत विवरण र हत्यामा संलग्न व्यक्तिबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।पीडित परिवार र स्थानीयबासीले दोषी उम्किन नदिन पारदर्शी अनुसन्धानको माग गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।