काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

ललितपुर महानगरको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

स्मार्ट स्ट्रिट लाइट उद्घाटन समारोहमा महानगरका नवप्रवर्तनकारी कामको प्रशंसा

312
shares

काठमाडौं,४ भदौ । गृहमन्त्री सुधन गुरुङ ले ललितपुर महानगरपालिकाले सञ्चालन गरेका विकास र प्रविधिमैत्री कामहरू प्रशंसनीय तथा उदाहरणीय रहेको बताएका छन्।

बुधबार बालकुमारीदेखि बल्खुसम्म जडान गरिएको स्मार्ट स्ट्रिट लाइट को शुभारम्भ कार्यक्रममा बोल्दै उनले महानगरको नयाँ सोच र नवप्रवर्तनबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताए। यस्ता प्रभावकारी योजनालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।गृहमन्त्री गुरुङले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा आएको उल्लेख गर्दै नागरिकलाई राजनीतिक दल वा आस्थाका आधारमा कुनै विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको पनि बताए।

कार्यक्रममा बोल्दै उनले गृह मन्त्रालयले हाल कार्यान्वयन गरिरहेका केही प्रणाली ललितपुर महानगरपालिकाले तीन वर्षअघि नै लागू गरिसकेको उल्लेख गरे।ललितपुर महानगरले जति पनि काम गर्नुहुन्छ, उहाँहरूको काम नयाँ नयाँ हुन्छ। गृह मन्त्रालयले अहिले लागू गरिरहेको सिस्टम महानगरले तीन वर्ष अगाडि नै गरिसकेको रहेछ। हामी पुरानो भइसकेछौँ, गृहमन्त्री गुरुङले भने।सबै सरकारी निकायले ललितपुर महानगरजस्तै प्रभावकारी र परिणाममुखी ढंगले काम गर्न सके देशलाई अझ समृद्ध, व्यवस्थित र सेवामैत्री बनाउन सकिने उनको भनाइ थियो।