काठमाडौं, १५ असार । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। संघीय संसद भवन, सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक २०८३ पेश हुने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभामा विनियोजन विधेयक प्रस्तुत गर्ने कार्यसूची

572
shares

काठमाडौं, १५ असार । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।

संघीय संसद भवन, सिंहदरबारमा अपराह्न १२ः१५ बजेदेखि सुरु हुने बैठकमा सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्नेछन्।

सरकारको वार्षिक बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने महत्वपूर्ण विधेयकका रूपमा विनियोजन विधेयकलाई हेरिन्छ।