काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र समुद्री मार्गमा आक्रमणका कारण विश्व बजारमा कच्चा तेलको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नयाँ प्रधानन्यायाधीश चयनको प्रक्रिया सुरु, न्यायपरिषद्ले पठायो ६ जनाको सूची

चैत १८ मा प्रकाशमानसिंह राउत अवकाशमा जाँदै, संवैधानिक परिषद्ले अब एक जनालाई छनोट गर्ने

507
shares

काठमाडौँ । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। न्यायपरिषद्ले आगामी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गर्दै संवैधानिक परिषद्मा पठाएको छ।

हालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आगामी चैत १८ गते ६५ वर्षे उमेरहदका कारण अवकाशमा जाँदैछन्। प्रचलित कानुनी व्यवस्था अनुसार प्रधानन्यायाधीश अवकाश हुनुभन्दा करिब एक महिना अगावै नयाँ नेतृत्वका लागि सिफारिस प्रक्रिया सुरु गर्नुपर्ने भएकाले परिषद्ले योग्य न्यायाधीशहरूको सूची तयार पारेको हो।सिफारिस सूचीमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुँयाल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदी रहेका छन्।

संविधान अनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष सेवा गरेका न्यायाधीशहरू मात्रै प्रधानन्यायाधीश पदका लागि योग्य मानिन्छन्। यही मापदण्डका आधारमा न्यायपरिषद्ले नाम सिफारिस गरेको हो।अब संवैधानिक परिषद्ले उक्त सूचीबाट एक जनाको नाम प्रधानन्यायाधीशका रूपमा छनोट गरी संसदीय सुनुवाइ समितिमा पठाउनेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ।