आजको राशीफलः वि.सं.२०८२ माघ २४ गते,शनिबार, सन् २०२६ फेब्रुअरी ७ तारिख
वि.सं.२०८२ माघ २४ शनिवार ०९:२२
shares

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल माघ २४ गते । शनिबार । ईश्वी सन् २०२६ फेब्रुअरी ७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–षष्ठी, ५३ घडी १३ पला, रातको ४ बजेर ७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–चित्रा, ५२ घडी ४४ पला, रातको ३ बजेर ५५ मिनेट उप्रान्त स्वाती ।वि.सं.२०८२ साल माघ २४ गते । शनिबार । ईश्वी सन् २०२६ फेब्रुअरी ७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–षष्ठी, ५३ घडी १३ पला, रातको ४ बजेर ७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–चित्रा, ५२ घडी ४४ पला, रातको ३ बजेर ५५ मिनेट उप्रान्त स्वाती ।योग– शूल, ४६ घडी २० पला, रातको १ बजेर २१ मिनेट उप्रान्त गंड । करण–गर, दिउसो ३ बजेर २६ मिनेट उप्रान्त वणिज, रातको ४ बजेर ७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–कन्या, दिउसो २ बजेर ५९ मिनेट उप्रान्त तुला ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४७ मिनेट । दिनमान २७ घडी २६ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नातागोता, बन्धुवान्धव र दाजुभाइसँग सम्पर्क गरी सहयोग आदान प्रदान हुनसक्छ । कुनै ठोस लगानी गर्नुछ भने प्रयास गर्नु राम्रो हुन्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटनाको सम्भावना छ, सतर्क रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । मनको हठ र कुण्ठामा भुलिने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । व्यक्तिगत खुसी, आनन्द र रमाइलोका लागि केही समय छुट्याएको राम्रो हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । उच्चपदस्थ वा महत्त्वपूर्ण व्यक्तिहरूसित नयाँ सम्बन्ध विकसित हुनाले लाभान्वित बन्न सक्नुहुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स-साना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहाररविहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरिघरि मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेछ । सुखसुविधा, भोगविलास र सँगीसाथीहरूसँग भुलिनाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ ।














