काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

धार्मिक भ्रमणका क्रममा जनकपुरधाम पुगे, गरे देशको कल्याणको कामना

2.67K
shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। धार्मिक भ्रमणका क्रममा दिउँसो जानकी मन्दिर पुगेका उनले जानकी माताको दर्शन गर्दै देशको शान्ति, स्थायित्व र समृद्धिको कामना गरेका हुन्।

मन्दिर प्रशासनका अनुसार पूर्वराजा शाहले विधिपूर्वक पूजा–अर्चना गरेपछि केही समय मन्दिर परिसरमै बिताएका थिए। उनको आगमनसँगै मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने दर्शनार्थीहरूको चहलपहल समेत उल्लेख्य देखिएको थियो।

पूर्वराजा शाहको जनकपुरधाम भ्रमणलाई मन्दिर दर्शनमा केन्द्रित धार्मिक कार्यक्रमका रूपमा जनाइएको छ। मन्दिर दर्शनपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो भ्रमण विशुद्ध धार्मिक उद्देश्यका लागि मात्र भएको स्पष्ट पारे।

पूर्वराजाको उपस्थितिलाई लिएर मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सर्वसाधारणको उल्लेख्य भीड देखिएको थियो। धार्मिक आस्थासँगै उनको भ्रमणले जनकपुरधाममा सार्वजनिक चासोसमेत बढाएको छ।